चीन, अफगानिस्तान तथा पाकिस्तान बीचको वार्ता तथा सहयोग अरु देशका लागि हस्तक्षेपमा नभएको चिनियाँ परराष्ट्र प्रवक्ताको भनाइ

ram naam satya
चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा छुन यिङले चीन-अफगानिस्तान-पाकिस्तान विदेश मन्त्रीस्तरीय वार्ता सम्मेलनमा धेरै महत्वपूर्ण मतैक्यता भएको भन्दै यो वार्ता सम्मेलन अरु देश अथवा शक्तिको हस्तक्षेपमा नभएको दावी गर्नुभएको छ।

आज डिसेम्बर २७ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीन र पाकिस्तानबीचको आर्थिक करिडोर अफगानिस्तानतर्फ विस्तार हुनेबारे पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै ह्वाले उक्त कुरा बताउनुभएको हो।

प्रवक्ता ह्वाका अनुसार,चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले भन्नुभए झैं,चीन र पाकिस्तानबीचको आर्थिक करिडोरले कुनै पनि तेस्रो पक्षलाई लक्षित नगर्ने बताउनुभयो। यसबाट तेस्रो पक्ष तथा सम्पूर्ण क्षेत्रले फाइदा लिनसक्ने आशा चीनले गरेको छ। अफगानिस्तान चीन र पाकिस्तानका लागि महत्वपूर्ण छिमेकी मुलुक हो जुन तीन मुलुकको संयुक्त माग तथा सँयुक्त हित अनुकूल रहेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *