चीनस्थित विदेशी सम्वाददाताका लागि नव वर्ष

ram naam satya
यही 12 तारिख राती चीनको राजधानी संग्रहालयमा चिनियाँ परराष्ट्र मन्त्रालय र पैचिङ शहरीय सरकारले चीनस्थित विदेशी सम्वाददाताका लागि सन् 2018 नव वर्षको स्वागत समारोहको आयोजना गरेका छन्।

सहायक परराष्ट्रमन्त्री छिङ्ग काङ्गले समारोहलाई सम्वोधन गर्दै चीनका लागि सन् 2017 निकै असामान्य साल भएको बताउनुभयो। चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशन सफलताका साथ आयोजित भयो। उक्त महाधिवेशनले चीनको विकासका लागि नयाँ योजना तर्जुमा गर्नुका साथै नयाँ लक्ष तथा नयाँ कार्ययोजनाका साथ विशेषतायुक्त चिनियाँ समाजवाद नयाँ युगमा प्रवेश गरेको छ। चीनले विश्वसँग संयुक्त रुपमा नयाँ अन्तर्राष्ट्रिय सम्बन्धको निर्माण र मानव भाग्य समुदायको निर्माण गर्न आह्वान गरेको छ। चीनको अर्थतन्त्र निरन्तर रुपमा स्थिरताका साथ बढिरहेको छ। साथै चीन र विश्वको सम्बन्ध नयाँ ऐतिहासिक सुरुवातमा अघि बढेको छ।

उहाँका अनुसार, सन् 2018 मा 19औं महाधिवेशनको भावनालाई चौतर्फी रुपमा व्यवहारमा उतार्न थाल्ने वर्ष हुनुका साथै सुधार तथा खुलापनको 40औं वार्षिकोत्सव पनि हो। यस सालको मुख्य कार्यलाई व्यवहारमा उतार्नु र अगाडि बढाउनु रहेको छ। चालू वर्ष चीनले पोआउ एशियाली मञ्चको वार्षिक बैठक, शाङ्गहाइ सहयोग संगठनअन्तर्गत छिङ्ग ताउ शिखर सम्मेलन, चीन-अफ्रिका सहयोग मञ्चअन्तर्गत पैचिङ शिखर सम्मेलन, पहिलो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो लगायत अनेकन कार्यक्रमको आयोजना गर्नेछ। चिनियाँ नेतागण कूटनैतिक कार्यक्रम व्यस्त हुनुका साथै चीनको भ्रमण गर्ने विदेशी नेतागणको संख्या पनि बढी हुनेछ। चीनस्थित विदेशी सम्वाददाताहरु चिनियाँ विकासको साक्षी र अनुभवकर्ता हुनुका साथै चिनियाँ कथाको वर्णनकर्ता पनि हुन्। विदेशी सम्वाददाताले निष्पक्ष र सक्रिय रुपमा चीनको जानकारी लिने र नयाँ कालमा चीनको विकासको अनुभव बाँड्नका लागि चीनले निरन्तर स्वागत गरेको छ।

चीनस्थित विदेशी सम्वाददाता, चीनका लागि विदेशी कूटनीतिज्ञ, केन्द्रिय सरकार तथा पैचिङ शहरीय सरकारका केही जिम्मेवार व्यक्तिहरू, चीनका मुख्य सञ्चार माध्यमका जिम्मेवार व्यक्तिहरू लगायत लगभग छ सय जना उक्त समारोहमा सहभागी भएका थिए।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *