

चीन सम्बन्धी प्रख्यात बेलायती विज्ञ एवं क्याम्ब्रिज विश्वविद्यालयका अनुसन्धानकर्ता मार्टिन ज्याकले हालै प्रकाशित लेखमा पश्चिमी संसार विशेष गरी अमेरिकाले चीनसँग सम्पर्क गर्ने नयाँ तरिका खोज्नुपर्ने औँल्याएनु भएको छ। उहाँका अनुसार अमेरिकाले आफूलाई विश्वको प्रथम शक्ति मान्नु हुँदैन। बरु अमेरिकाले नयाँ विश्वमा आफ्नो क्षमता बराबर प्रतिस्पर्धात्मक पक्ष चीनलाई स्वीकार गरेर चीनसँगको नयाँ सहयोग तरिका वा द्वन्द्व तबरलाई निश्चित गर्न सिक्नुपर्छ। मार्टिनले के चीन वृहत शक्तिशाली हुनेछ शीर्षकको लेखमा उक्त विचार व्यक्त गर्नु भएको हो।
सो लेखमा चीन लगायत कतिपय विकासोन्मुख मुलुकको इतिहास, राजनीति तथा सांस्कृतिक उत्गम पश्चिमी संसारसँग फरक भएको पृष्ठभूमिमा पश्चिमी विश्वले चीन तथा पश्चिमी विश्व बीचको भिन्नतालाई बुझ्न प्रयास गर्नुपर्ने ठहर बेलायती विज्ञ मार्टिनले गरेका छन्। उहाँले चीन र पश्चिमी संसार बीचका ४ वटा भिन्नता र विश्वका ठूला मुलुक चीनका ४ वटा विशेषतालाई पनि लेखमा औंल्याउनु भएको छ।
