चीनसँग बीआरआईमा हस्ताक्षरित मुलुक तथा अन्तर्राष्ट्रिय संगठनको संख्या ८६

ram naam satya
बेल्ट एण्ड रोड इनिसिएटिभ (बी.आर.आई) सम्बन्धित निर्माण प्रधान खुलस्त आर्थिक अवस्था चीनमा क्रमशः सम्पन्न भएको छ। नीतिगत सम्पर्कको प्रवर्द्धन गरिएपछि हालसम्म चीनले विश्वका ८६ वटा मुलुक तथा अन्तर्राष्ट्रिय संगठनसँग बेल्ट एण्ड रोड इनिसिएटिभ (बी.आर.आई) सम्बन्धी १०० वटा सहयोगात्मक दस्तावेजमा हस्ताक्षर गरिसकेको छ। चीन-यूरोप रेलमार्ग संचालनमा आएयता ७ हजार वटा रेल सो लक्ष्यमा गुडेका छन्। चीन राष्ट्रिय विकास तथा सुधार समितिका प्रमुख ह लिफङले हिजो डिसेम्बर २२ तारिख आयोजित राष्ट्रिय विकास तथा सुधार कार्य सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।

सन् २०१७ मा बेल्ट एण्ड रोड इनिसिएटिभ (बी.आर.आई) निर्माणमा ठूलो प्रगति हासिल भएको छ। चीन-पाकिस्तान आर्थिक कोरिडोर निर्माणको स्थिर विकास भएको र हंगेरी-सर्बिया रेलमार्गको बेलग्रेट-पुरानो पाजोवा भाग, संयुक्त अरब इमिरेटसको खलिफा पोर्ट निर्माण, हैम्बान्टा पोर्टको संचालन औपचारिक हस्तान्तरण लगायतका विविध परियोजनाहरू सुचारू रहेका छन्।

सन्२०१८ मा बेल्ट एण्ड रोड इनिसिएटिभ (बी.आर.आई) सहयोगात्मक परियोजनाहरूको संयुक्त निर्माणको प्रवर्द्धन गर्ने जानकारी पनि ह लिफङले दिनुभएको छ। बेल्ट एण्ड रोड इनिसिएटिभ (बी.आर.आई) अन्तर्राष्ट्रिय सहयोग मञ्चमा हस्ताक्षरित सहयोगात्मक दस्तावेजको कार्यन्वयनालाई अधि बढाउँदै ‘समझदारी पत्र—सहयोगात्मक योजना—परियोजनाहरूको सूची’ भन्ने कार्य प्रणाली बनाउँदै जाने प्रकाश पार्नुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *