चीनसँग नेपालको हवाइ ‘कनेक्टिभिटी’ ११५ प्रतिशतले बृद्धि

चीनसँग नेपालको हवाइ ‘कनेक्टिभिटी’ ११५ प्रतिशतले बृद्धि

ram naam satya
चीनले गत वर्ष अर्थात् सन् २०१७ मा मात्रै नेपालसहित बेल्ट एण्ड रोड इनिसियटिभ्स (बीआरआई) मा आवद्ध ४० वटा मुलुकसँग नयाँ सिधा हवाई सम्पर्क स्थापित गरेको छ। सन् २०१७ को मध्यदेखि चिनियाँ एयरलाइन्स, एयर चाइना, चाइना साउर्दन, चाइना इस्टर्न र सछ्वान एयरलाइन्सले नेपालसँगको हवाई सम्पर्कमा वृद्धि गरेका छन्। यात्रु संख्याका हिसाबले नेपालसँगको यो वृद्धि ११५ प्रतिशत भन्दा धेरै रहेको नेपाल खबर अनलाइनले लेखेको छ।

चिनियाँ पर्यटकको वृद्धिसँगै तिब्बत एयरलाइन्सले गत भदौ १० देखि पल्लो शान्सी प्रान्तको राजधानी सिआनदेखि काठमाडौंको सिधा उडान सुरू गरेको थियो। गत असार ५ गतेदेखि सछ्वान प्रान्तको छङ्तुदेखि काठमाडौंसम्म सोही विमान कम्पनीले सीधा उडान थालेको थियो। तथ्यांक अनुसार नयाँ प्रत्यक्ष उडान रूटमा नेपाल, लाओस र क्याम्बोडियासँग क्षमता विस्तार सबैभन्दा तीव्र गतिमा भएको छ। गत वर्ष चिनियाँ मुख्य भूमि र यी मुलुकसँगको प्रत्यक्ष उडान क्रमशः नेपालसँग ११५.८ प्रतिशत, लाओसँग ७४ प्रतिशत र क्याम्बोडियासँग ६५.६ प्रतिशत रहेको थियो।

गत वर्ष यातायात क्षमता ३३ मिलियन सिटले बढेको छ जुन वार्षिक तथ्यांक अनुसार २१.१ प्रतिशतको वृद्धि भएको हालै प्रकाशित तथ्यांकमा उल्लेख छ।

गत वर्ष चिनियाँ मुख्यभूमि र बेल्ट एण्ड रोड इनिसियटिभ्स आवद्ध अन्य मुलुक तथा क्षेत्रहरूबीच २०० वटा नयाँ सिधा उडानसहित मुख्यभूमि र समुद्रपार विमानस्थलबीच २५५ सिधा उडानको सुरूवात गरिएको थियो। उडानहरूमध्ये १६२ चिनियाँ मुख्यभूमि र दक्षिण पूर्वी एशियाली मुलुक तथा ३१ वटा चिनियाँ मुख्यभूमि र पूर्वी युरोपबीच भएको थियो।

भ्यारीफ्लाइट बिग डाटा रिसर्च इन्स्टिच्युटले उपलब्ध गराएको तथ्यांकअनुसार थाइल्याण्ड, भियतना र रसिया नै चिनियाँ विमानका सबैभन्दा ठूला गन्तव्य बनेका छन्। जसमा थाइसँग दैनिक ४४ फ्लाइट, भियतनाम र रूससँग क्रमशः ३८ र ३० फ्लाइट रहेका छन्। त्यस्तै थाइल्याण्ड, सिंगापुर र मलेशिया चीनका लागि मुख्य यात्रा क्षमतायुक्त मुलुक ठानिएका छन्। विमानका प्रयोग भएका सिट संख्याका आधारमा यस्तो तथ्य निकालिएको चाइना डेलीले लेखेको छ। एक देश दुई व्यवस्थाको प्रणाली रहेको चीनमा हङ्कङ्, मकाउ, ताइवान बाहेकका क्षेत्रलाई चिनियाँ मुख्यभूमि भन्ने गरिन्छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *