चीनले वित्तीय बजारको खुलापनलाई विस्तार गर्न

ram naam satya

नौ तारिख तेह्रौं राष्ट्रिय जनकांग्रेसको पहिलो अधिवेशनको पत्रकार केन्द्रमा “वित्तीय सुधार र विकास” मुख्य विषयक पत्रकार सम्मेलन आयोजित भयो।

चिनियाँ जनबैंकका प्रमुख चौ स्याउ छ्वाङले चीनले वित्तीय बजारको खुलापन अझै विस्तार गर्ने र आरएमबीको अन्तर्राष्ट्रियकरणलाई अझै अगाडि बढाउने जानकारी दिनुभयो।

उहाँले बजार पहुँचको खुलापनका क्षेत्रमा चीनले धेरै वर्षदेखि तयारी जनाउँदै विश्व व्यापार संगठनमा प्रवेश गरेपछि चीनले एक निश्चित तहको खुलापन साकार तुल्याएको बताउनुभयो। उहाँले विदेशी संस्थाले चीनमा वित्तीय सेवा गर्न स्वीकार गर्ने बाहेक चीनको झन् बढी वित्तीय व्यवसायले विश्वमा प्रवेश पाएको पनि बताउनुभयो। उहाँले केही वर्षदेखि चीनको वित्तीय संस्थाले विश्वका विभिन्न क्षेत्रमा झन् बढी शाखा एजेन्सी र बैंक खडा गरी अन्तर्राष्ट्रिय वित्तीय संस्थासँग धेरै राम्रो समन्वय गरेको बताउनुभयो।

उहाँले वित्तीय जोखिम रोक्नु आगामी दिनमा चीन सरकारको महत्वपूर्ण कार्यहरुमध्येको एक भन्दै वित्तीय बजारको खुलापनको विस्तार गर्ने तर अनुगमनलाई लचिलो नपार्ने बताउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *