

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज आयोजित दोस्रो “बेल्ट एण्ड रोड” सम्बन्धी अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा बोल्दै चीनले भन्सार कर अझ घटाउने, भन्सार करबाहेकको विभिन्न बाधा खारेज पार्ने, चीनको बजारमूलक ढोका निरन्तर खोल्ने, विश्वका विभिन्न मुलुकको उच्च गुणस्तरीय सामानको स्वागत गर्ने कुरा बताउनुभएको छ।
राष्ट्राध्यक्ष सीले जोड दिनुभएअनुसार, व्यापारिक सन्तुलित विकास गर्नका लागि अझ बढी विदेशी प्रतिस्पर्धात्मक श्रेष्ठ कृषि उत्पादित बस्तु, समाप्त उत्पादित बस्तु तथा सेवा आयात गर्न चीन इच्छुक छ।
