चीनमा वैदेशिक लगानीको नयाँ रेकर्ड

ram naam satya
सन् २०१७ मा चीनमा भित्र्याइएको प्रत्यक्ष वैदेशिक लगानी १ खर्ब ४४ अर्ब अमेरिकी डलर पुगेको छ जसले नयाँ रेकर्ड सिर्जना गरेको छ। उक्त कुरा जेनेभा अवस्थित संयुक्त राष्ट्र संघीय व्यापार तथा विकास सम्मेलनले २२ तारिख सार्वजनिक गरेको एक प्रतिवेदनमा उल्लेख गरिएको छ।

चीन विश्वमा सबैभन्दा बढी वैदेशिक लगानी भित्र्याउने विकासोन्मुख मुलुकको रूपमा कायमै छ र अमेरिकापछि विश्वमा वैदेशिक लगानी भित्र्याउने दोस्रो ठूलो मुलुक बनेको सो प्रतिवेदनमा जनाइएको छ।

सन्२०१७मा विकासोन्मुख मुलुकको आर्थिक एकाइमा लगाइएको प्रत्यक्ष वैदेशिक लगानी पोहोर सालको भन्दा २ प्रतिशतले वृद्धि भएको छ। तीमध्ये विकासोन्मुख आर्थिक एकाइले भित्र्याएको वैदेशिक लगानी ४ खर्ब ५९ अर्ब अमेरिकी डलर पुगेकोले विश्वमा सबैभन्दा बढी विदेशी लगानी गर्ने क्षेत्र बनेको पनि बताइएको छ।

विश्वको आर्थिक वृद्धि दर बढ्दै जाने क्रममा विश्वव्यापी प्रत्यक्ष लगानी सन् २०१८मा बढ्दै जाने अनुमान गरिएको छ। तापनि भौगोलिक राजनीतिक खतरा तथा नीतिगत अनिश्चितताले वैदेशिक लगानीमा असर पार्ने सम्भावना पनि रहेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *