चीनमा चालु वर्ष 6.5 प्रतिशत आर्थिक बृद्धिदरको अनुमान साकार हुने

चीनमा चालु वर्ष 6.5 प्रतिशत आर्थिक बृद्धिदरको अनुमान साकार हुने

ram naam satya

चीनले मार्च चौध तारिख सार्वजनिक गरेको तथ्यांकअनुसार, चालु वर्षका सुरुका दुई महिनामा औद्योगिक उत्पादन तीब्र भएको, उपभोग सक्रिय भएको, मूल्य स्थिर भएको र रोजगार पनि राम्रो दिशातर्फ गएको छ। चीनको राष्ट्रिय तथ्यांक व्युरोका प्रवक्ता माउ शङ युङले सोही दिन बोल्दै चीनले 6.5 प्रतिशत अनुमानित आर्थिक बृद्धि र रोजगार साकार तुल्याउने कुरामा विश्वस्त भएको बताउनुभयो।

सोही दिन सार्वजनिक भएको तथ्यांकअनुसार, जनवरीदेखि फेब्रुअरीसम्म चीनको उपभोग्य वस्तुको खुद्रा-बिक्री रकम गत वर्षको सोही अवधिको तुलनामा 9.7 प्रतिशतले बृद्धि भएको छ। विशेष गरी इन्टरनेटको खुद्रा-बिक्रीमा तीब्र रुपमा बृद्धि भएको छ।

चालु वर्षमा चीनले अनुमानित आर्थिक बृद्धिदर 6.5 प्रतिशत तोकेको छ। पहिलो पटक सार्वजनिक भएको शहर तथा ग्रामीण क्षेत्रको बेरोजगार दर 5.5 प्रतिशतभित्र नियन्त्रण गरिने छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *