चीनमा किसानका लागि पेशागत प्रणाली स्थापना हुने

ram naam satya

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको ग्रामीण क्षेत्र कार्यदल कार्यालयका उप-प्रमुख ऊ हुङ याउले चीनको ग्रामीण क्षेत्रको पुनरूत्थान रणनीति संचालन गर्न मानव स्रोतसाधनको विकासलाई प्राथमिकतामा राख्नुपर्छ भने भविष्यमा किसानका लागि पेशागत प्रणाली स्थापना गरी ग्रामीण क्षेत्रको व्यवसायिक दक्ष दलको निर्माणलाई अघि बढाउनुपर्ने विचार व्यक्त गर्नुभएको छ।

आज पैचिङमा आयोजित पत्रकार सम्मेलनमा उप-प्रमुख ऊ हुङ याउले उक्त कुरा बताउनुभएको हो। उहाँले जानकारी दिएअनुसार, ग्रामीण क्षेत्रको पुनरूत्थान रणनीति पालना गर्ने चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति र राज्य परिषदको दृश्यको आधारमा एकातिर नयाँ ढाँचाको किसान तालिम बढाउँदै कृषि व्यवसायिक प्रबन्धक, एजेन्ट, साँस्कृतिक प्रतिभा, अमूर्त साँस्कृतिक सम्पदाको उत्तराधिकारीको विकास गर्नुपर्छ भने अर्कातिर विश्वविद्यालय र अध्ययन प्रतिष्ठानका पेशागत प्राविधिज्ञले ग्रामीण क्षेत्रमा सहायक तथा उद्यम प्रणालीको स्थापना गर्नुपर्नेछ।

यसबाहेक चीनले ग्रामीण क्षेत्रमा स्वयमसेवक र लगानी गर्न व्यवसायी, विद्वान, प्राविधिज्ञ आदि दक्षता आकर्षित गर्ने प्रोत्साहन प्रणालीको पनि स्थापना गर्नेछ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *