

आज डिसेम्बर २३ तारिख १२ बजेर १४ मिनेट जाँदा चीनको कानसु प्रान्तीय च्यौछ्वान उपग्रह प्रक्षेपण केन्द्रमा छाङचङ २ चौथो स्तरको मालबाहक रकेटद्वारा स्थलीय सर्वेक्षण दोस्रो उपग्रह सफल प्रक्षेपण गरिएको छ। हालसम्म सो उपग्रह निर्धारित लिगमा प्रवेश भैसकेको बताइएको छ।
सो उपग्रह मुख्यतः स्थलीय श्रोतको सर्वेक्षणमा प्रयोग गरिने जनाइएको छ। यो छाङचङ सामानवाहक रकेटको २५९ औँ प्रक्षेपण हो।