चीनद्वारा २४ मुलुक तथा क्षेत्रसँग १६ वटा स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर

ram naam satya

एघार तारिख पैचिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ वाणिज्य उप मन्त्री एवम् अन्तर्राष्ट्रिय व्यापार वार्ताका उप प्रतिनिधि वाङ शौ वनले चीनले चौब्बीस वटा मुलुक वा क्षेत्रसँग सोह्र वटा स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिनुभएको छ। उहाँले यी सोह्र वटा स्वतन्त्र व्यापार सम्झौता छिमेकी मुलुक आशियान मुलुक, “एक पेटी एक मार्ग” सम्बन्धित मुलुक पाकिस्तान, जर्जिया आदि मुलुक, विश्वका विकसित मुलुक अस्ट्रेलिया र केहि विकासोन्मुख मुलुकसँग हस्ताक्षर गरेको बताउनुभयो।

उहाँले चीन र स्वतन्त्र व्यापार साझेदारबीच लगानी सम्बन्धको विकास द्रूत गतिले भएको बताउँदै गत वर्ष चीन र आशियानबीचको व्यापार रकम पाँच खर्ब भन्दा बढी अमेरिकी डलर पुगेको पनि जानकारी दिनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *