चीनद्वारा राष्ट्रिय बलिदान दिवसमार्फत नान चिङ आमहत्याका मृतकको सम्झना

ram naam satya
नान चिङ आमहत्यामा मृत्यु भएकाहरूको सम्झनाका लागि राष्ट्रिय बलिदान दिवस 13 तारिख बिहान नान चिङ शहरमा भव्य रुपमा आयोजित भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिन फिङले उक्त राष्ट्रिय बलिदान दिवसमा भाग लिनुभएको छ।

चालू वर्ष नान चिङ आमहत्या घटनाको 80औं स्मृति वर्ष हो। सन् 1937 डिसेम्बर 13 तारिख जापानी सेनाले नान चिङ शहर कब्जा गरेर लगभग चालीस दिनसम्म गम्भीर आमहत्या गरेको थियो। सूदुर पूर्व अन्तर्राष्ट्रिय सैन्य अदालत र नान चिङ सैन्य अदालतको फैसला तथा जाँचबुझका अनुसार, उक्त आमहत्यामा करिब तीन लाख चिनियाँ सर्वसाधारणको हत्या गरिनुका साथै लगभग तीस हजार चिनियाँ महिलालार्इ जापानी सेनाले बलात्कार गरेका थिए। नान चिङ शहरको करिब तीस प्रतिशत भूभाग जापानी सेनाद्वारा लगाइएको आगोमा ध्वस्त भएको थियो। त्यस घटनामा भएको जनधनको क्षतिको कुनै मापन गर्न सकिँदैन।

सन् 2014 फेब्रुअरी महिनामा चिनियाँ बाह्रौं राष्ट्रिय जनकाङ्रग्रेसको स्थायी समितिको सातौं बैठकले डिसेम्बर 13 तारिखलाई नान चिङ आमहत्याको स्मृतिमा राष्ट्रिय बलिदान दिवसको स्थापना गर्ने निर्णय पारित गरेको थियो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *