चीनद्वारा पै तौ तेस्रो प्रणालीको बीसौं उपग्रह प्रक्षेपण गर्न सफल

ram naam satya

हिजो अप्रिल बीस तारिख बेलुकी दश बजेर एकचालीस मिनेट जाँदा चीनले सी छाङ उपग्रह प्रक्षेपण केन्द्रबाट छाङ चङ तेस्रो ख क्यारियर रकेटमार्फत पै तौ पथ प्रदर्शक उपग्रह प्रणलीको बौसौं उपग्रहलाई सफलताका साथ प्रक्षेपण गरेको छ। सन् 2019 मा पै तौ पथ प्रदर्शक उपग्रहले प्रक्षेपण गरेको यो पहिलो पटक हो। योजनाअनुसार, चालू वर्ष चीनले पै तौ तेस्रो प्रणालीका आठ वटादेखि दश वटासम्म उपग्रहको प्रक्षेपण गर्ने छ।

पै तौ उपग्रह प्रणाली चीनले कार्यान्वयन गरिरहेको स्वाधीन विकास र स्वतन्त्र संचालन हुने विश्वव्यापी उपग्रह पथ प्रदर्शक प्रणाली हो। धेरै वर्षको विकासमा पै तौ उपग्रह प्रणाली सम्पूर्ण व्यवसाय शृङ्खला पूर्ण भइसकेको छ। चीनको यातायात, कृषि, सार्वजनिक सुरक्षाआदि क्षेत्रहरुमा प्रयोग गरिएको छ। यसबाहेक, पै तौसम्बन्धी उच्च स्तरीय उत्पादित-वस्तु नब्बे वटाभन्दा बढी मुलुक र क्षेत्रतर्फ निर्मात गरिएको छ।

 

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *