चीनद्बारा सम्पूर्ण रुपमा ग्रामीण क्षेत्रको पुनरूत्थान रणनीतिको कार्यान्वयन

ram naam satya

चीनको राज्य परिषद्को प्रेस कार्यालयले पाँच तारिख पत्रकार सम्मेलनको आयोजना गर्दै भर्खरै जारी गरिएको ग्रामीण क्षेत्रको पुनरूत्थान नीतिको मार्गचित्रबारे जानकारी दिएको छ।
बितेका केही वर्षयता चिनियाँ किसानहरूको आम्दानी लगातार रुपमा बढ्नुका साथै जनजीवन पनि सम्पूर्ण रुपमा सुधार हुँदै आएको देखिन्छ। छ करोड साठी लाखभन्दा बढी गरिबीहरू स्थिर रुपमा विपन्न जीवनबाट मुक्त भएका छन्। तर हालसम्म ग्रामीण क्षेत्रमा विकासको असन्तुलन पनि स्पष्टसँग देखा परेको देखिन्छ।

चीनको केन्द्रीय ग्रामीण कार्य निर्देशन टोली कार्यालयका प्रमुख हान च्युनले पाँच तारिख पैचिङमा ग्रामीण क्षेत्रको पुन:उत्थान रणनीति चिनियाँ कम्युनिष्ट पार्टी र देशको ठूलो रणनीतिक हुनुका साथै एउटा दीर्घकालीन ऐतिहासिक कार्यभार हुने कुरा औंल्याउनुभएको छ। ग्रामीण क्षेत्रको पुन:उत्थानका लागि वास्तविक गतिबिधि हुनुपर्ने, साँच्चिकै रकम हुनुपर्ने र अझ पूर्ण नीतिगत वातावरण हुनुपर्ने कुरामा पनि उहाँले जोड दिनुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *