चीनद्बारा श्रीलंकाको राष्ट्रिय सुरक्षा र स्थिरताको दृढ समर्थन

ram naam satya

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले आज अप्रिल २२ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा चीन सरकार र चिनियाँ जनताले अडिगका साथ श्रीलंकाली जनतासँगै उभिएर दृढताका साथ देशको सुरक्षा र स्थिरताको संरक्षण गर्न श्रीलंकालाई समर्थन गर्दै जाने कुरामा जोड दिनुभएको छ।

प्राप्त जानकारी अनुसार, स्थानीय समय अप्रिल २१ तारिख श्रीलंकाको राजधानी कोलम्बो लगायतका क्षेत्रमा शृंखलाबद्ध विस्फोट हुँदा सयौंजना हताहती भएका छन्। चीनका राष्ट्राध्यक्ष सी चिन फिङ लगायतका नेतागणले श्रीलंकाली राष्ट्रपति लगायतका नेतालाई समवेदना संदेश पठाउँदै मृतकहरूप्रति हार्दिक श्रद्धान्जली प्रकट गर्नुभएको जानकारी पनि प्रवक्ता कङले दिनुभएको छ।

विस्फोटपछि चीनले जोडतोडसँग सम्बद्ध कार्य राम्रोसँग गरिरहेको जानकारी पनि प्रवक्ता कङले दिनुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *