

गत आर्थिक वर्षको पहिलो ६ महिनामा १९ हजार सात सय ६३ मेट्रिक टन सामग्री आयातका लागि एक अर्ब ७२ लाख दुई हजार रकम बाहिरीएको थियो। यो वर्ष करुको पीठो, रेडिमेट मसला, ड्राइ मसरुम, क्वाची, बदाम, प्याज, कफि र ओखरको आयातमा बृद्धि भएको छ भने स्याउ, नास्पाती, लसुन, अचार, भोटे चिया र गुन्द्रुकको आयात घटेको नागरिकन्यूज डटकमले लेखेको छ।
यसैबीच चीनबाट कृषिजन्य सामग्री आयातमा कमी आएको भएपनि निर्यातमा भने उल्लेख्य बृद्धि भएको छ। प्लान्ट क्वारेन्टाइन अधिकृत रामनारायण यादबका अनुसार ३१६.३९ प्रतिशतले निर्यातमा बृद्धि भएको हो। तीन करोड २० लाख बराबरको बाँसको मुडा, काठको टेबल र अम्रिसोको कुचो निर्यात भएको छ। १२ हजार आठ सय ८० ओटा बाँसको मुडा निर्यात गर्दा ३१ लाख २० हजार, तीन हजार दुई सय ५० केजी काठको टेबलबाट २ करोड ६० लाख र १९ हजार दुई सय केजी अम्रिसोको कुचो निर्यात गर्दा २८ लाख ८० हजार आम्दानी भएको अधिकृत यादबले बताउनुभयो। गत वर्ष साउनदेखि पुस मसान्तसम्म ७६ लाख ८५ हजारको सामग्री निर्यात भएको थियो।

