चीनको हाई खौको सिमसार संरक्षण र सदाबहार वनको पुनर्स्थापनामा स्पष्ट उपलब्धि

ram naam satya

चीनको हाई नान प्रान्तको सदरमुकाम हाई खौ शहर विश्वको पहिलो खेपको अन्तर्राष्ट्रिय सिमसारहरुमध्येको एक हो। “चीनको सबैभन्दा सुन्दर समुद्री तट लाइन”मध्येको एक कहलाइएको हाई खौ शहरको तुङ चाइ बन्दरगाहमा चीनको सबैभन्दा ठूलो क्षेत्रफलको सदाबहार वनको आरक्षण क्षेत्र छ।

सदाबहार वन एक मात्रै प्रजाति होइन। विश्वमा सदाबहार वनस्पतिको 80 वटा किसिम छ भने चीनमा 37 वटा किसिम छ। हाई खौ शहरको तुङ चाइ बन्दरगाहस्थित सदाबहार आरक्षण क्षेत्रमा ती 37 वटा किसिमको सदाबहार वनस्पति देख्न पाइन्छ। यो आरक्षण क्षेत्रका ईन्जिनियर फङ अर व्हैकाअनुसार, ती सदाबहार प्लान्ट र जंगली जनावरबाट एक सम्पूर्ण पर्यावरणीय प्रणाली गठन भएको छ।

तुङ चाइ बन्दरगाहको सदाबहार आरक्षण क्षेत्र चाङ तुङ नयाँ क्षेत्रमा पर्दछ। च्याङ तुङ नयाँ क्षेत्र पनि हाई खौ र हाई नानले निर्माण गरेको स्वतन्त्र व्यापार परीक्षात्मक क्षेत्रको महत्वपूर्ण क्षेत्र हो। तुङ चाइ बन्दरगाहको सदाबहार आरक्षण क्षेत्र हाई खौ शहरले सिमसारको संरक्षण र पुनर्स्थापनालाई बढाएको एक सूक्ष्म छवि हो। हाल हाई खौको सिमसारको क्षेत्रफल करीब तीस हजार हेक्टर छ भने सिमसार दर 12.7प्रतिशत छ। यसकारण हालैका वर्षहरूमा हाई खौ शहरले सिम्सारको संरक्षण र पुनर्स्थापना कार्यलाई अगाडि बढाइरहेको हो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *