चीनको शौचालय क्रान्ति निरन्तर जारी

ram naam satya

चीनका विभिन्न क्षेत्रले “शौचालय क्रान्ति” सक्रियताका साथ अगाडि बढाएका छन्। चालू वर्षको वसन्त चाडको अवधिमा पर्यटकले शौचालय खोज्न गाह्रो भएको र शौचालय जान गाह्रो भएको समस्या प्रभावकारी रुपमा समाधान गरिएको छ। घुमघामका क्रममा शौचालयको नेभिगेसन प्रणालीले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।
वसन्त चाडको अवधिमा जर्मनी, अस्ट्रेलिया, क्यानडा, रुस लगायतका दश वटा मुलुकका परिवारका पर्यटकहरू घुम्न छिङछङ शान-तु च्याङ यान दृश्य क्षेत्र गएका थिए। उनीहरूले पर्यटकीय क्षेत्रको तेस्रो शौचालय अर्थात् पारिवारिक बाथरूमको अनुभव गरेपछि प्रशंसा गरेका छन्।

सन् 2015देखि चीनको राष्ट्रिय पर्यटन व्यूरोले चीनको पर्यटकीय शौचालयको निर्माण तथा व्यवस्थापनको तीन वर्षे कारवाही परियोजना लागू गरेयता सन् 2017 को अन्त्यसम्म चीनभरि सत्तरी हजार वटा शौचालयको निर्माण गरिएको छ। सन् 2018 मा चीनले चौब्बीस हजार वटा शौचालयको निर्माण गर्ने छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *