चीनको शक्तिशाली आर्थिक तथा व्यापारिक मुलुक बन्ने समय-तालिका

ram naam satya
चीन ठूलो आर्थिक तथा व्यापारिक मुलुक बनिसकेको पृष्ठभूमिमा चिनियाँ वाणिज्य मन्त्रालयले शक्तिशाली आर्थिक तथा व्यापारिक मुलुक बनाउने समय-तालिका प्रस्तुत गरेको छ। हिजो डिसेम्बर २५ तारिख आयोजित राष्ट्रिय वाणिज्य कार्यशालामा चिनियाँ वाणिज्य मन्त्री चुङ शानले चीनले तीन चरणबाट यस समय-तालिकालाई व्यवहारमा उतार्ने र सन् २०५०सम्म चीनलाई चौतर्फी रुपमा शक्तिशाली आर्थिक तथा व्यापारिक मुलुकको रूपमा निर्माण गर्ने विचार प्रकट गर्नुभयो।

चुङ शानका अनुसार,नयाँ युगमा वाणिज्य सुधारको विकासको लक्ष्य समय अगावै शक्तिशाली आर्थिक तथा व्यापारिक मुलुक बनाउन प्रयास गर्नु हो। त्यसलाई विस्तृत रुपमा विभाजित भएमा तीन चरण समावेश छन्:सन् २०२० सम्म ठूलो आर्थिक तथा व्यापारिक मुलुकको स्थान सबल पार्ने। सन् २०३५ सम्म शक्तिशाली आर्थिक तथा व्यापारिक मुलुकको आधारभूत रुपमा निर्माण गर्ने। र सन् २०५० सम्म शक्तिशाली आर्थिक तथा व्यापारिक मुलुकको चौतर्फी रुपमा निर्माण गर्ने।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *