चीनको विकास र समृद्धिबाट नेपालले फाइदा लिन सक्नुपर्नेः राजदूत यू होङ

ram naam satya
(GMT+08:00) 2017-11-18 14:07:21

नेपालका लागि चिनियाँ राजदूत यु होङले चीनको विकास र समृद्धिबाट नेपालले फाइदा लिन सक्नुपर्ने बताउनुभएको छ। उहाँले चीनको बृहत् आयोजना ‘वन बेल्ट वन रोड’ (ओबिओआर) अवधारणामा नेपाल पनि सहभागी भइसकेकाले आगामी दिनमा यसबाट लाभान्वित हुन व्यापार, लगानी तथा सम्पर्क सञ्जाल लगायत अरु पनि क्षेत्रमार्फत् लाभान्वित हुनुपर्ने धारणा राख्नुभएको हो।

नेपालखबर अनलाइनका अनुसार ‘चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ काँग्रेस र चीन नेपाल सम्बन्ध’ विषयमा नेपालस्थित चिनियाँ दूतावासले राजधानीमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले नेपाललाई चीनले समान व्यवहार, पारस्परिक सहयोग र साझा विकासका अवधारणाका साथ सहयोग गर्दै आएको जानकारी दिनुभयो।

नेपाल पनि चीनको ओबिओआरमा संलग्न हुनु, पछिल्लो समयमा नेपाल र चिनियाँ पक्षबाट उच्चस्तरीय भ्रमण हुनु, लगानी तथा नेपालमा रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन हुनु, चीनमा पढ्ने विद्यार्थीको संख्या र नेपालमा आउने चिनियाँ पर्यटकको संख्यामा बढ्नुजस्ता कैयौँ कारणले चीन नेपाल सम्बन्ध समय थप सुदृढ र सुमधुर हुँदै गएको उहाँले बताउनुभयो।

राजदूत यूले तातोपानी नाका तथा अरनिको राजमार्गको सहज सञ्चालन दुई देशको व्यापार प्रवद्र्धन र सम्बन्धको विकासमा पनि महत्वपूर्ण पक्ष भएकाले यसका लागि चिनियाँ पक्षले काम गरिरहेको बताउनुभयो। चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ काँग्रेसपछि चीन आर्थिक, सामाजिक, सांस्कृतिक एवं अन्य विभिन्न हिसाबले नयाँ युगमा प्रवेश गरेको बताउँदै उहाँले यसबाट चीनको वैदेशिक सम्बन्धमा पनि नयाँ आयाम थपिने जानकारी दिनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *