चीनको विकासले नेपाल लगायत अन्य देशले पनि लाभ लिनसक्ने नेपाली राजदूतको भनाइ

ram naam satya

चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले चीन नयाँ युगमा प्रवेशसँगै उच्च आर्थिक विकासमा लागेको बताउनु भएको छ। सीआरआई नेपाली सेवालाई अन्तर्वार्ता दिँदै उहाँले १३ औँ चिनिया राष्ट्रिय जनकंग्रेसको पहिलो अधिवेशनको उद्घाटनमा चिनिया प्रधानमन्त्री ली खछ्याङले प्रस्तुत गर्नु भएको सरकारी कार्य प्रतिवेदनले चीनको नयाँ युगको प्रवेश र विकास देखाएको बताउनुभयो।

वातावरण संरक्षणसँगै कृषि क्षेत्रको विकास र खाद्य सुरक्षाको नीतिले चीनलाई दीर्घकालीन विकासलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो। सरकारी कार्य प्रतिवेदनमा चीनले पश्चिमी क्षेत्रको विकासलाई जोड दिएको उल्लेख गर्दै उहाँले भन्नुभयो ‘चीनको पश्चिमी क्षेत्रको विकासले नेपाललाई पनि सकारात्मक प्रभाव पार्छ किनभने चीनको पश्चिमी क्षेत्रसँग नेपाल जोडिन्छ।’

अर्को मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चिनियाँ नीतिसँगै छिमेकी मुलुकसँगको कुटनीतिलाई अझै दरिलो बनाउने र चीनको विकास कुनै मुलुकका लागि त्रास अथवा धम्की नहुने कुरासँगै प्रतिवेदनमा चीनले अगाडि सारेको साझा मावन भाग्य समुदायको निर्माण गर्ने कुराले सबै मुलुकलाई खुशी बनाएको राजदूत पौड्यालले औँल्याउनुभयो। नेपालजस्तो चीनको घनिष्ट छिमेकी मुलुकले चिनियाँ नीतिबाट लाभ लिन सक्ने बताउँदै चीनले अगाडि सरेको बेल्ट एण्ड रोड इनिसिएटिभ अवधारणाबाट मुख्य गरी नेपालको भौतिरक पूर्वाधार क्षेत्रमा व्यापक परिवर्तन हुने राजदूत पौडेलले बताउनुभयो।

चीनले उच्च गतिको रेलवे निर्माण तथा विद्युतीय वाणिज्यमा गरेको विकास विश्वका लागि अनुकरणीय हुने भन्दै उहाँले भन्नुभयो विश्वका जनताले चीनको यस्तो प्रगतिबाट फाइदा लिन सक्छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *