चीनको वातावरणीय संरक्षण सम्बन्धी कर उठाउने पहिलो अवधि नजिकिँदै

ram naam satya

सन् 2018 को जनवरी एक तारिख चीनमा वातावरणीय संरक्षण लक्षित पारिएको हरित कर अर्थात वातावरणीय संरक्षण सम्बन्धी कर कानुनलाई औपचारिक रुपमा व्यवहारमा उतारिएको थियो। यो कानुन अनुसार, वातावरणीय संरक्षण सम्बन्धी कर हरेक त्रैमासिक अवधिमा उठाइनेछ। चालू वर्षको अप्रिल एक तारिख वातावरणीय संरक्षण सम्बन्धी कर उठाउने पहिलो अवधि हो। अखिल चीन कर आयोगबाट प्राप्त जानकारी अनुसार, चीनका कर संस्थाहरुले वातावरणीय संरक्षण सम्बन्धी करको पहिलो उठाउने अवधिमा अनेकन कदम चालेर कर उठाउने पक्रियालाई सुधार गरेका छन्।
अखिल चीन कर आयोगको सम्पति तथा आचरण व्युरोका उप-प्रमुख सुन् छ्वुनका अनुसार, दुई लाख साठी हजारभन्दा बढी व्यवसायले वातावरणीय संरक्षण सम्बन्धी कर उठाउनुपर्ने निश्चित भएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *