चीनको बौद्धिक सम्पदा अधिकार सम्बन्धी सफल अनुभव बेल्ट एण्ड रोडका आबद्ध मुलुकसँगै उपभोग गर्नलायक

ram naam satya

दोस्रो “बेल्ट एण्ड रोड” अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्च यसै अप्रिल महिनाको अन्त्यमा पैचिङमा आयोजना गरिने समाचार सिन्ह्वा समाचार समितिले जनाएको छ। त्यस मञ्चमा सहभागी हुनलागेका विश्व बौद्धिक सम्पदा अधिकार संगठनका महाप्रबन्धक फ्रान्सिस गारेटले हाल जेनेभास्थित संगठनको मुख्यालयमा पत्रकारसँग कुराकानी गर्दै चीनले बौद्धिक अधिकारलाई रणनीतिक प्राथमिकतामा राख्नुका साथै विभिन्न आर्थिक क्षेत्रमा बौद्धिक सम्पदा अधिकारको संरक्षणमा महत्व दिएको कुरा औँल्याउनुभएको छ। चीनले लामो समयदेखि देखाउँदै आएको दीर्घकालीन नीति र अठोट “बेल्ट एण्ड रोड”का आबद्ध मुलुकहरूसित उपभोग गर्न लायक अनुभव नै रहेको कुरा पनि उहाँले बताउनुभएको छ।

यसका अतिरिक्त महा प्रबन्धक गारेटले चीनले बौद्धिक सम्पदा अधिकार सम्बन्धी दीर्घकालीन नीतिलाई कायम राख्दै आएको अठोटको पनि सराहना गर्नुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *