चीनको पहिलो उच्च प्रवाहयुक्त उपग्रह औपचारिक रुपमा सञ्चालित

ram naam satya
यही तेईस तारिख चीनको पहिलो “श च्येङ तेह्र नम्बर” उच्च प्रवाह उपग्रह औपचारिक रुपमा सञ्चालन भएको छ। त्यसअघि उडानको क्रममा विमानमा मोबाइलफोन सेवा शुरु भयो। आगामी दिनमा सर्वसाधारणले उच्च गति, धेरै प्रयोगकर्ताले उडानको क्रममा इन्टरनेट प्रयोग गर्न सक्ने छन्।

“श च्येङ तेह्र नम्बर” उच्च प्रवाह उपग्रह चीनले आफैं अनुसन्धान र विकास गरेको नयाँ युगको उच्च प्रवाहको उपग्रह हो, सन् 2017को अप्रिल बाह्र तारिख सफलता पूर्वक प्रक्षेपण गरिएको थियो। परिक्षणको क्रममा धेरै वटा कार्यक्रम सफलता रुपमा सम्पन्न भएका छन्। सोबाट उच्च प्रवाहको सूचना स्थानान्तरणमा चीनले विश्वको उच्च स्तर कायम राखेको छ।

थाहाभए अनुसार, त्यसपछि चीनले झन् ठूलो उच्च प्रवाहका उपग्रह तैनाथ गर्ने र सन् 2020सम्म चीनको राष्ट्रभरि तथा एशिया प्रशान्तभरि पूर्ण रूपमा समेट्ने संचार क्षमता विकास गर्नेछ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *