चीनको परराष्ट्र मन्त्रालयद्वारा माल्दिभ्सका पूर्व राष्ट्रपतिको भनाइको खण्डन

ram naam satya

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले आठ तारिख माल्दिभ्सका पूर्व राष्ट्रपति महमेद नासिदको तथाकथित चीन माल्दिभ्सको भूभागको लुटपाट गर्ने कारवाईमा संलग्न भएको भनाई निराधार रहेको भन्दै खण्डन गर्नुभएको छ। उहाँले चीनले माल्दिभ्सलाई दिएको सहायतामा कुनै पनि राजनीतिक शर्त नरहेको बताउँदै चीन र माल्दिभ्स बीचको सहकार्य दुवै देश र दुवै देशका जनता बीचको साझा हित अनुकूल भएको कुरा औँल्याउनुभएको छ।
हाल माल्दिभ्सका पूर्व राष्ट्रपति नासिदले सञ्चार-माध्यममार्फत लेख प्रकाशित गर्दै राष्ट्रपति यामिनले निरन्तर रुपमा आफ्नो व्यक्तिगत धनसम्पति बढाउने क्रममा माल्दिभ्सको सार्वभौमिकता बिक्री गर्नुभएको दाबी गरेका छन्। उनका अनुसार, चीन लगायतका केही विदेशी शक्ति महत्वपूर्ण आधारभूत प्रबन्ध र महत्वपूर्ण सार्वजनिक प्रबन्ध लगायतका माल्दिभ्सको भूभागलाई लुटपाट गर्ने गतिविधिमा संलग्न भएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *