चीनको परराष्ट्र नीति

ram naam satya

चीन स्वतन्त्र र स्वावलम्बी एवम् शान्तिपूर्ण परराष्ट्र नीतिको दृढतासाथ पालना गर्दछ । सो नीतिको आधारभूत उद्देश्य चीनको स्वतन्त्रता, सार्वभौमिकता र प्रादेशिक अखण्डताको संरक्षण गर्नु, चीनको सुधार र खुलापन तथा आधुनिक निर्माणका लागि राम्रो अन्तर्राष्ट्रिय वातावरण तयार पार्नु, विश्व शान्तिको संरक्षण गर्नु र साझा विकासलाई अघि बढाउनु हो। यसको मुख्य विषय हुन्:

सधैभरि स्वतन्त्र र स्वाधीनतामा आधारित सिद्धान्तको अवलम्बन गर्नु, कुनै पनि महाशक्ति वा मुलुक-समूहसँग संलग्न नहुनु, सैनिक गूटको स्थापना नगर्नु, सैनिक प्रतिस्पर्धामा भाग नलिनु र सैनिक विस्तार नगर्नु।

प्रभुत्ववादको विरोध गर्नु, विश्व शान्तिको संरक्षण गर्नु। कुनै पनि मुलुक ठूलो वा सानो, बलियो वा कमजोर, धनी वा गरीब जेसुकै होस् ती सबै अन्तर्राष्ट्रिय समाजका समान सदस्य हुन् भन्ने धारणा लिनु, मुलुक-मुलुक बीचका वाद-विवादको समाधान आपसी छलफलका माध्यमबाट शान्तिपूर्ण तरिकाले गर्नु र सशस्त्र शक्तिको प्रयोग नगर्नु र सशस्त्र शक्तिको प्रयोगको धम्की नदिनु र कुनै पनि निहुँमा अन्य मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप नगर्नु ।

न्यायपूर्ण र उचित नयाँ अन्तर्राष्ट्रिय राजनैतिक-आर्थिक परिपाटीको स्थापनालाई सक्रियताका साथ घच्घच्याउनु, शान्तिपूर्ण सह-अस्तित्वका पाँच सिद्धान्तहरु र अन्य सर्वमान्य अन्तर्राष्ट्रिय सम्बन्धको मापदण्डले नयाँ अन्तर्राष्ट्रिय राजनैतिक-आर्थिक परिपाटीको स्थापना गर्ने आधार तयार पार्नुपर्दछ ।

एक-अर्काको सार्वभौमिकता र प्रादेशिक अखण्डताको सम्मान गर्ने, पारस्परिक अनाक्रमण, एकले अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, समान र पारस्परिक हित तथा शान्तिपूर्ण सह-अस्तित्वका पाँच सिद्धान्तका आधारमा सबै मुलुकहरुसित मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध स्थापना गर्नु इच्छुक हुनु ।

विदेशका लागि चौतर्फीरुपमा खुलापनको नीति लागू गर्नु, समान र पारस्परिक हितका आधारमा विश्वका सबै मुलुक तथा क्षेत्रहरुसँग व्यापारिक आदान-प्रदान, आर्थिक तथा प्राविधिक आदान-प्रदान तथा वैज्ञानिक र सांस्कृतिक आदान-प्रदान गर्नु इच्छुक हुनु । साझा समृद्धिको नीतिको सम्बर्द्धनमा जुट्नु ।

बहुपक्षीय परराष्ट्र गतिविधिमा सक्रियताका साथ संलग्न हुनु र विश्व शान्ति तथा क्षेत्रीय स्थिरताको संरक्षण गर्ने अटल विश्वास र शक्ति हुनु ।

नयाँ चीनको स्थापना भएका 60 वर्षभन्दा बढी समयदेखि यता चीनको परराष्ट्र मामिला अरु पूर्ण, सामन्जस्ययुक्त र विकसित भएपछि त्यसको नीतिमा झन् पूर्णता आई चिनियाँ विशेषतायुक्त परराष्ट्र नीति स्थापित भएको छ। भविष्यतिर हेर्ने हो भने, विश्वको बनौट बहुध्रुवीकरण तथा आर्थिक विश्वव्यापीकरणको प्रवृत्तितिर निरन्तर रुपमा विकसित हुदैजान्छ र अन्तर्राष्ट्रिय सम्बन्धमा गहन सामन्जस्य देखापर्दछ । शान्ति चाहनु र सहयोगको खोजी गर्नु अनि विकासलाई घच्घच्याउनु विश्वका जनताका साझा आकांक्षा बन्न पुगेका छन् । शताब्दीको परिवर्तनताका साथसाथै चीनको परराष्ट्र मामिलाका सामु पनि थप अवसर आइपरे तापनि चुनौती पनि त्यत्तिकै छन् । हामीले सधैं नै स्वस्थ विचारकायम राख्नुपर्दछ, चिन्तनशील, सुरक्षित तथा परिवर्तित अवधारणालाई मजबूत पार्नुपर्दछ। हामीले अन्तर्राष्ट्रिय परिस्थितिको परिवर्तनको समग्र प्रवृत्तिको दृष्टिबाट अन्तर्राष्ट्रिय वातावरणलाई अरु सही रुपमा बुझी त्यसको अनुसरण गर्नुपर्दछ र अवसरको फाइदा उठाई चुनौतीको सामना गर्नुपर्दछ । हामीले स्वर्गीय नेता तंग स्या फिंगको परराष्ट्र मामिला सम्बन्धी विचारधाराबाट निरन्तर रुपमा सिक्नुपर्दछ, स्वतन्त्र र शान्तिपूर्ण परराष्ट्र नीतिलाई दृढताकासाथ लागू गरी परराष्ट्र मामिलामा निरन्तर रुपमा नयाँ परिस्थितिको सिर्जना गर्नुका साथै चीनको समाजवादी आधुनिक निर्माणका लागि अरु बढी शान्तिपूर्ण अन्तर्राष्ट्रिय वातावरण तयार पारी विश्वको शान्ति र विकासका लागि आफ्ना तर्फबाट योगदान गर्नुपर्छ ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *