चीनको नानचिङस्थित लिउह किसान चित्रकला प्रदर्शनी आजदेखि काठमाडौमा शुरू

ram naam satya
(GMT+08:00) 2017-11-29 18:45:41

चीन साँस्कृतिक केन्द्रको आयोजनामा चीनको नानचिङ, लिउह किसान चित्रकला प्रदर्शनी आजदेखि काठमाडौमा शुरू भएको छ। उद्घाटन समारोहमा काठमाडौ महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, कृषि मन्त्रालयका सचिव सुरज पोखरेल र नेपालका लागि चिनियाँ दूतावास, साँस्कृतिक विभागका निर्देशक चाङ पिङले भाग लिनुभएको थियो।

उद्घाटन समारोहमा बोल्दै उपमेयर श्रेष्ठले चीनद्वारा अघि सारिएको बेल्ट एण्ड रोड इनिसियटिभ्समार्फत् द्वीपक्षीय साँस्कृतिक आदानप्रदानमा चीनको सक्रियता देखिएको मूल्यांकन गर्नुभयो। यो प्रदर्शनीले चीन-नेपाल साँस्कृतिक प्रवर्द्धनको एउटा माध्यम भएको उहाँको भनाइ थियो।

प्रदर्शनीमा चिनियाँ किसान भावार्थ समेटेका ६० भन्दा बढी चित्रकला समेटिएका छन्, यसबाट चिनियाँ किसानको दैनिक जीवन र ग्रामीण विकास प्रतिविम्वित गरिएको छ। अवलोकनकर्ताहरूले चिनियाँ चित्रकारहरूको कलाको प्रशंसा गर्नुका साथै दुर्गम क्षेत्रको विकासको उच्च मूल्यांकन गरेका छन्।

नेपालका प्रसिद्ध चित्रकार के.के.कर्माचार्यले प्रदर्शनीबाट निकै प्रभावित भएको सुनाउँदै चित्रकलाले चिनियाँ लोक जीवन जीवन्त रूपमा उजागर गरेको र यसप्रकारको प्रदर्शनी निरन्तर गर्नुपर्ने इच्छा प्रकट गर्नुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *