चीनको तेस्रो आर्थिक मञ्च अमेरिकाको वाशिङ्टनमा सुरु

ram naam satya
चीनको तेस्रो आर्थिक मञ्च 11 तारिखदेखि अमेरिकाको वाशिङ्टनमा सुरु भएको छ। सो अवसरमा व्यापारिक युद्धबाट दोहोरो क्षति हुने कारणले चीन र अमेरिकाले सँगसँगै व्यापारिक संघर्षको सामना गर्नुका साथै ई-वाणिज्य, सेवा उद्योग लगायत क्षेत्रमा अझ बढी सहयोग गर्नुपर्ने कुरा धेरै अमेरिकी विद्वानहरुले व्यक्त गरेका छन्।

पेटेर्सोन अन्तर्राष्ट्रिय आर्थिक इन्स्टिट्युटका वरिष्ठ अनुसन्धानकर्ता चड बोनका अनुसार, वर्तमान अन्तर्राष्ट्रिय व्यापारको केन्द्रिय काल हो। यद्यपि सत्तारुढ भएको एक वर्षमा ट्रान्सप्यासिफिक पार्टनरसीप टीपीपीबाट हटाउने बाहेक ट्रम्प सरकारले व्यापारमा कुनै गम्भीर गतिविधि नगरे तापनि लामो समयसम्म नचलेको व्यापारिक जाँचबुझ कदम चलेको थियो। जाँचबुझको नतिजा प्रकाशित भएपछि अमेरिका सरकारले कस्तो गतिविधि चाल्ने भन्ने विषय निकै ध्यानाकर्षक बनेको छ। तर व्यापारिक युद्धमा कोही पनि विजय नहुने अवस्था छ।

चीन र अमेरिकाले ई-वाणिज्य र सेवा उद्योग लगायत क्षेत्रमा बहुपक्षीय सहयोग गर्नुपर्ने कुरा अर्का वरिष्ठ अनुसन्धानकर्ता जेफ्रेय स्चोटले व्यक्त गर्नुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *