

चीनका तिब्बत शास्त्री, तिब्बती बौद्ध धर्मका जिवित बुद्ध र तिब्बत स्वायत्त प्रदेशीय सांस्कृतिक विभागका कार्यकर्ताबाट गठित चीनको तिब्बती साँस्कृतिक आदान-प्रदान मण्डलले डिसेम्बर चौध तारिखदेखि सोह्र तारिखसम्म श्रीलंकाको भ्रमण गरेको छ।
सो अवसरमा चौध तारिख कोलम्बो बान्दारानाइके मेमोरियल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा चीनको तिब्बती साँस्कृतिक फोटो प्रदर्शनी र तिब्बतसम्बन्धी फिचर प्रतिवेदन अन्तर्क्रिया आयोजना भएको छ। चीनको तिब्बत शास्त्र अध्ययन केन्द्र, इतिहास अध्ययन विभागका प्रमुख चाङ युनले तिब्बती परम्परागत सँस्कृतिको संरक्षण र विकास शीर्षकमा सम्बोधन गर्नुभयो। त्यसपछि उहाँले स्थानीय पत्रकारसँग कुराकानी गरी दुई देशबीच सम्बन्धको इतिहास तथा विकास, बेल्ट एन्ड रोडको निर्माण, बौद्ध धर्म आधारित धार्मिक साँस्कृतिक आदान-प्रदान आदि विषयसम्बन्धी पत्रकारको प्रश्नको उत्तर दिनुभयो।