चीनको जीडीपी 6.9 प्रतिशतले वृद्धि

ram naam satya
चीनको तथ्यांक व्यूरोले हिजो जनवरी अठार तारिख सार्वजनिक गरेको तथ्यांक अनुसार, सन् 2017 मा चीनको कूल गार्हस्थ्य उत्पादन मात्रा लगभग 827 खर्ब चिनियाँ युआन पुगेर (लगभग एक सय बीस खर्ब अमेरिकी डलर) अघिल्लो वर्षको तुलनामा 6.9 प्रतिशतले वृद्धि भएको छ। चीनको राष्ट्रिय तथ्यांक व्यूरोका प्रमुख निङ्ग ची चले गत वर्ष चीनको अर्थतन्त्र स्थिर भएर अनुमानभन्दा राम्रो भएको र भविष्यमा उच्च गुणस्तरमा विकास हुने बताउनुभयो।

आर्थिक वृद्धिसँगै चिनियाँ जनताको जीवनमा पनि निरन्तर सुधार भइरहेको छ। सन् 2017 मा चिनियाँ नागरिकको औसत आम्दानी 7.3 प्रतिशतले वृद्धि भएर जीडीपीको वृद्धि दरभन्दा बढी छ। सहरमा नयाँ रोजगारी सुरू गर्ने जनसंख्या एक करोड तीस लाखभन्दा बढी पुगेको छ भने मालसामानको मूल्य पनि स्थिर भएको छ। जनताको उपभोग बनौटमा पनि सुधार भएर विदेश भ्रमण गर्ने चिनियाँ जनसंख्या बाह्र करोड नव्बे लाख पुगेको छ। चलचित्र क्षेत्रको आम्दानी पचास अर्ब युआन पुग्नुका साथै सेवा व्यवसायले आर्थिक वृद्धिलाई मुख्य शक्ति प्रदान गरेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *