चीनको आपत्ति !

ram naam satya
अमेरिकी संघीय प्रतिनिधि सभाले हालै तथाकथित थाइवान पर्यटन ऐनको मस्यौदा पारित गरेको छ। चीनको राज्य परिषद् अन्तर्गत थाइवान मामिला कार्यालयका प्रेस प्रवक्ता मा स्याउ क्वाङले आज जनवरी सत्र तारिख त्यसबारे चर्चा गर्दै अमेरिकाको सम्बद्ध कानूनी मस्यौदा चीन-अमेरिका तीनवटा संयुक्त विज्ञप्तिमा तोकिएको एक मात्र चीन भन्ने सिद्धान्त विपरीत भएकाले चीनले कडा शब्दमा त्यसको विरोध गरेको कुरा औँल्याउनुभएको छ।

चीनको परराष्ट्र मन्त्रालयले गत एघार तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा पनि परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले तथाकथित थाइवान पर्यटन ऐनको मस्यौदा गम्भीर रुपमा एक मात्र चीन नीति र चीन-अमेरिका तीनवटा संयुक्त विज्ञप्तिमा तोकिएको सिद्धान्त विपरीत हुनुका साथै त्यसले चीनको आन्तरिक मामिलामा हस्ताक्षेप गरेको कुरा बताउनुभएको थियो। उहाँका अनुसार, चीनले त्यसको दृढताका साथ विरोध गर्नुका साथै एक मात्र चीन भन्ने नीति र चीन-अमेरिका तीनवटा संयुक्त विज्ञप्तिको सिन्द्धान्तको अक्षरश: पालना गरी थाइवान समस्याको होशियारपूर्वक समाधान गरेर वास्तविक गतिबिधिमार्फत चीन-अमेरिका सम्बन्ध र अन्तर्राष्ट्रिय मामिलामा रहेका सहकार्यको संरक्षण गर्न अमेरिकालाई ताकिता गरेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *