चीनका 15 प्रान्तीय प्रशासनिक क्षेत्रद्वारा पर्यावर्णीय संरक्षण रातो लाइन योजना

ram naam satya

चीनको राज्य परिषदले हालै पैचिङ्ग लगायत 15 प्रान्तीय प्रशासनिक क्षेत्रको पर्यावर्णीय संरक्षणमा रातो लाइन सम्बन्धी प्रस्तावको अनुमोदन गरेको छ। सिद्धान्तमा यी 15 प्रान्तीय प्रशासनिक क्षेत्रका लगभग 6 लाख 10 हजार वर्गकिलोमिटर क्षेत्रमा भूमि विकास गर्नुहुँदैन। समय तालिकाबमोजिम चीनका अन्य 16 प्रान्तीय प्रशासनिक क्षेत्रले पनि सन् 2018 को अन्तभन्दा अगाडि पर्यावर्णीय संरक्षण रातो लाइनको योजना बनाउने भएको छ। जसबाट पूरै देशमा पर्यावर्णीय संरक्षण रातो लाइनबाट गठित एक नक्शा बनाइने छ।

पर्यावरणीय संरक्षण रातो लाइन नै चीनको राष्ट्रिय पर्यावरणीय सुरक्षाको लाइफलाइन हो। सम्बन्धित तथ्याङ्कअनुसार पैचिङ्ग लगायत 15 प्रान्तीय प्रशासनिक क्षेत्रको कूल क्षेत्रफलको सवा भागलाई पर्यावरणीय संरक्षण रातो लाइनमा राखिएको छ। यो सवा भागमा राष्ट्रिय तथा प्रान्तीय प्रकृति संरक्षण क्षेत्र,दृश्यात्मक क्षेत्र,बन पार्क,भूवैज्ञानिक पार्क,विश्व सांस्कृतिक सम्पदा र सिमसार पार्क लगायत 291 वटा राष्ट्रिय महत्वपूर्ण पर्यावर्णीय क्षेत्र समेटिएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *