चीनका विभिन्न शहरमा पी एम 2.5 मात्रामा न्युनीकरण

ram naam satya
सन् 2017 मा चीनका तीन सय अठतीसवटा विभिन्न तहका शहरमा पी एम 2.5 मात्रा प्रति क्युबिक मिटर त्रिचालीस माइक्रोग्राम रहेको छ भने सन् 2016 को तुलनामा छ दशमलब पाँच प्रतिशतले तल झरेको देखिन्छ। साथै पी एम 10 मात्रा तल झरेको दर पनि पाँच प्रतिशतभन्दा बढी भएको छ। गत डिसेम्बर महिनामा पैचिङ, थेन चिन र ह पै प्रान्तका विभिन्न शहरका औसत उन्नत दिनको संख्या सन् 2016 को सोही अवधिको तुलनामा चौंतीस प्रतिशतले बृद्धि भएको कुरा चीनको वातावरणीय संरक्षण मन्त्रालयले अठार तारिख सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा उल्लेख छ।

गत वर्षको चौथो त्रैमासिकमा “सन् 2017-2018 को शरद र हिउँद ऋतुमा पैचिङ, थेन चिन, ह पै प्रान्त र वरिपरि क्षेत्रका वायु प्रदुषण सम्बद्ध मिलिजुली समन्वय र नियन्त्रण गतिबिधि योजना” लागू भएदेखि यता पैचिङ लगायत त्यही क्षेत्रमा रहेका केही शहरमा पी एम 2.5 मात्रा तल झरेको परिधि सन् 2016 को दाँजोमा चालीस प्रतिशतले बृद्धि भएको देखिन्छ। गत डिसेम्बरमा पैचिङ र चाङ च्या खौ शहर दुवै नै चिनियाँ शहरको वायु गुणस्तर सूचीका अघिल्ला दश स्थानमा पनि प्रवेश भएका छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *