चीनका लागि पानामा राजदूतावास पैचिङ्गमा

ram naam satya
(GMT+08:00) 2017-11-17 16:20:40

चीनस्थित पानामा राजदूतावास नोभेम्बर सोह्र तारिख पैचिङमा औपचारिक रुपमा खुला भएको सिन्ह्वा समाचार समितिले जनाएको छ। पानामाका राष्ट्रपति जुआन कार्लोस भारेला तथा चीनका परराष्ट्र मन्त्री वाङ यी दूतावास सञ्चालनमा समारोहमा सम्मिलित हुनुभएको छ।

मन्त्री वाङका अनुसार, राष्ट्रपति भारेलाले चीनसँग दौत्य सम्बन्ध कायम राख्ने निर्णय गर्नुभएको कुरा पानामा समस्त देश, जाति र जनताको हित अनुकूल हुनुका साथै विश्व विकास र प्रगति हुने प्रवाहसित पनि मेल खाएको देखिन्छ। त्यो कुरा इतिहासबाट उत्तीर्ण हुनसकिने सही निर्णय रहेको छ। दुवै देश बीचको दौत्य सम्बन्ध कायम भएको पाँच महिनायता हरेक दिन नयाँ प्रगति प्राप्त हुनुका साथै हरेक दिन नयाँ इतिहास लेखिंदैआएको देखिन्छ।

चीन तथा पानामा बीच सन् 2017को जुन तेह्र तारिख औपचारिक रुपमा दौत्य सम्बन्ध स्थापना गरिएको थियो। चीनका राष्ट्राध्यक्ष सी चिन फिङको निमन्त्रणमा राष्ट्रपति भारेलाले यसै सोह्रदेखि बाईस तारिखसम्म चीनको राजकीय भ्रमण गर्नुहुँदैछ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *