

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले नोभेम्बर तीस तारिख पैचिङमा “सन् 2017 छोङ तु अन्तर्राष्ट्रिय मञ्च”मा सहभागी हुनुभएका विश्व नेता गठवन्धनका सदस्यहरुसँग भेट-वार्ता गर्नुभयो। उहाँले चीनको विकासको बाटो र विश्व प्रशासनमा चीनको अडानबारे जानकारी दिनुभयो। उहाँले चिनियाँ कूल जनसंख्या एक अर्ब तीस करोड भन्दा बढी रहेको बताउँदै चीनले शान्तिपूर्ण विकासको बाटो पछ्याएर विश्वतर्फको खुलापनको नीति कायम राख्ने बताउनुभयो। उहाँले विश्व प्रशासनमा चीन झन् सक्रिय रूपमा सहभागी भएको बताउँदै विश्व शान्ति र स्थिरता, विश्व विकास र समृद्धि अघि बढाउन चीनले झन् बढी योग्दान गर्ने विश्वास पनि प्रकट गर्नुभयो।
“छोङ तु अन्तर्राष्ट्रिय मञ्च” सन् 2014मा स्थापना गरिएको हो। हरेक वर्ष यो मञ्चको निमन्त्रणामा धेरै मुलुकका पूर्व नेताहरु र विद्वानहरुले राजनीतिक, आर्थिक, साँस्कृतिक आदि क्षेत्रमा छलफल गर्ने गरेका छन्। यस पटकको मञ्चको मुख्य विषय “विश्व प्रशासन र चीनको अडान” भन्ने रहेको थियो।
