चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा “छोङ् तु अन्तर्राष्ट्रिय मञ्च”मा सहभागी विदेशी पाहुनासँग भेट-वार्ता

ram naam satya
(GMT+08:00) 2017-12-01 16:36:49

         चीनका राष्ट्राध्यक्ष सी चिन फिङले तीस तारिख पैचिङगमा “सन् 2017 छोङ् तु अन्तर्राष्ट्रिय मञ्च”मा सहभागी हुनुभएका विश्व नेता गठवन्धनका सदस्यहरुसँग भेट-वार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले चिनियाँ विकासको बाटो चिनियाँ विशेषतायुक्त समाजवादको बाटो भएकाले नयाँ चीन स्थापना, सुधार खुलापन भएदेखि चीनको आश्चर्यजनक परिवर्तन भएको सुनाउनुभयो। उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनमा चीनको आर्थिक निर्माण, राजनीतिक निर्माण, साँस्कृतिक निर्माण, सामाजिक निर्माण, पर्यावरणीय निर्माण आदि क्षेत्रको निर्माणमा चौतर्फी योजनाहरू ल्याइएको बताउनुभयो। उहाँले विश्व एउटा गाँउजस्तै भएकाले विभिन्न मुलुक बीचको सम्बन्ध मिल्ने र चीनले नयाँ किसिमको अन्तर्राष्ट्रिय सम्बन्धलाई अघि बढाउने, मानव भाग्य समुदायको निर्माणलाई महत्व दिने विचार व्यक्त गर्नुभयो।

लात्भियाका पूर्व राष्ट्रपति एवम् विश्व नेता गठबन्धनका अध्यक्ष भाइरा भाइक फ्रेइबर्गा, इटलीका पूर्व प्रधानमन्त्री एवम् यूरोपेली संघका पूर्व अध्यक्ष रोमानो प्रोदि, नाइजेरियाका पूर्व राष्ट्रपति ओलुसेगुन ओबासान्जो, संयुक्त राष्ट्र संघका पूर्व महासचिव वान कि मुन, जापानका पूर्व प्रधानमन्त्री हातोयामा युकिओ, अस्ट्रेलिया-चीन मैत्री आदान-प्रदान संस्थाका अध्यक्ष चौ च रोङले छुट्टा-छुट्टै रुपमा सम्बोधन गर्नुभयो। उहाँहरुले चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशन सफल रुपमा आयोजित भएकोमा बधाई दिँदै अन्तर्राष्ट्रिय समाजका लागि नयाँ युगमा प्रवेश गरेको चीनले अझै योग्दान गर्नसक्ने बताउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *