चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा नेपालका राष्ट्रपतिसँग भेट-वार्ता

ram naam satya

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज उन्तीस तारिख जन वृहत सभा भवनमा नेपालका राष्ट्रपति विद्या देवी भाण्डारीसँग भेट-वार्ता गर्नुभएको छ।

राष्ट्रपति सीले चीन र नेपालको भूभाग जोडिएको छ र यगौँयुगदेखि मैत्रीपूर्ण सम्बन्ध भइरहेको भन्दै दुई देशका जनताका मन पनि मिलेको व्यक्त गर्नुभयो। सीले चीन-नेपाल सम्बन्धको विकासमा चीनले उच्च ध्यान दिनुका साथै राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, भूभागको अविच्छिन्नताको संरक्षण गर्न र आफ्नो राष्ट्रिय अवस्थासँग अनुकूल रहेको विकास बाटो खोज्न नेपाललाई समर्थन दिएको उल्लेख गर्नुभयो।

साथै वेल्ट एन्ड रोडको संयुक्त निर्माणमा नेपाल सक्रियताका साथ संलग्न भएकोप्रति चीनले उच्च प्रशंसा गरेको पनि सीले बताउनुभयो। सी चिन फिङले चीन र नेपालले पूर्वाधार क्षेत्रको सहयोगलाई बढाएर चीन-नेपाल सीमा पार आर्थिक सहयोग क्षेत्रको निर्माण गर्न अरु प्रबर्द्धन गर्नुपर्ने दोहोर्‍याउँदै नेपालको आर्थिक तथा सामाजिक विकासमा चीनले अरु समर्थन दिने इच्छा लिएको व्यक्त गर्नुभयो। दुई देशले संविधान संस्थान, पार्टी, युवा, थिङ्कथ्याङ्क, मिडिया आदि क्षेत्रको आदान-प्रदानलाई बढाएर चीन-नेपाल मैत्रीपूर्ण जन सम्बन्धलाई सुदृढ बनाई चीन-नेपाल मैत्रीपूर्ण सहयोग सम्बन्धलाई नयाँ स्तरमा उकास्नुपर्ने सी चिन फिङले बताउनुभयो।

प्रत्युत्तरमा भाण्डारीले दोस्रो वेल्ट एन्ड रोडसम्बन्धी अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको सफलताका साथ आयोजना भएकोप्रति बधाइ ज्ञापन गर्नुभयो। उहाँले वेल्ट एन्ड रोड प्रस्ताव ऐतिहासिक प्रस्ताव भएको र विश्वव्यापी प्रभाव पनि परेको साथै नेपाल-चीन सहयोगको लागि पनि असल मञ्च प्रदान गरेको उल्लेख गर्नुभयो। उहाँले जन गणतन्त्र चीन स्थापना भएको सत्तरी‌औँ वार्षिकोत्सवको सुअवसरमा शुभकामना ज्ञापन गर्दै चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताको उल्लेखनीय उपलब्धि हासिल भएको बताउनुभयो। चीन नेपालको साँच्चिकै साथी हो र दुई देशको घनिष्ठ ऐतिहासिक, भौगोलिक, साँस्कृतिक सम्बन्ध रहेको छ अनि शान्तिपूर्ण सह-अस्तित्वका पाँच सिद्धान्तमा दुई देश अडिग रहिरहेको पनि उहाँले प्रकट गर्नुभयो। उहाँले चीनको समृद्धि र स्थीर नेपालको लागि मौका हो भन्दै एक चीनको नीतिमा नेपाल अडिग रहेर नेपालको भूभाग प्रयोग गरी चीन विरोध गर्ने गतिविधि गर्न कुनै पनि मुलुकलाई स्वीकार नगर्ने दोहोर्‍याउनुभयो। उहाँले राष्ट्रिय सार्वभौमिकता र भूभागको अविच्छिन्नताको संरक्षण गर्न चीनले नेपाललाई दिएको विना शर्त समर्थनप्रति नेपालले धन्यवाद ज्ञापन गर्नुका साथै चीनको असल छिमेकी नीतिमा प्रशंसा गरेको भन्दै चीनसँग विभिन्न क्षेत्रको आपसी हितयुक्त सहयोगलाई गहन पार्ने इच्छा आफूले लिएको बताउनुभयो।

वार्ता भएपछि दुई देशका नेताले सम्बद्ध द्वीपक्षीय सहयोग सम्झौता हस्ताक्षर समारोहमा उपस्थित हुनुहुन्थ्यो।

यसबाहेक सी चिन फिङले अस्ट्रियाका प्रधानमन्त्री सेबास्तियान कुर्ज, कम्बोडियाका प्रधानमन्त्री सामदेच हुन सेन, सिन्गापुरका प्रधानमन्त्री ली ह्सीन लूङ्ग, स्वीसका अध्यक्ष युएली मौरेरसँग छुट्टा छुट्टै गरी भेट-वार्ता गर्नुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *