चीनका राष्ट्राध्यक्ष सी चिनफिङ दोस्रो “बेल्ट एण्ड रोड” सम्बन्धी अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा सहभागी हुने

ram naam satya

चीनको राज्य परिषद्का सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले अप्रिल १९ तारिख पैचिङमा देशी र विदेशी सञ्चार-माध्यमका लागि परिचय सम्मेलनको आयोजना गर्दै दोस्रो “बेल्ट एण्ड रोड” सम्बन्धी अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्च अप्रिल २५ देखि २७ तारिखसम्म पैचिङमा आयोजना गरिने घोषणा गर्नुभएको छ। उहाँका अनुसार, राष्ट्राध्यक्ष सी चिनफिङले त्यस शिखर मञ्चको उद्धाटन समारोहमा सहभागी हुनुका साथै महत्वपूर्ण सम्बोधन गर्नुहुने र सम्पूर्ण रुपमा नेतागणको गोलमेच शिखर सम्मेलनको अध्यक्षता गर्नुहुने छ। शिखर सम्मेलनपछि राष्ट्राध्यक्ष सीले देशी र विदेशी सञ्चार-माध्यमका लागि शिखर सम्मेलनमा प्राप्त उपलब्धीबारे जानकारी दिनुहुने कार्यक्रम रहेको छ।

परराष्ट्र मन्त्री वाङ यीका अनुसार, हालसम्म जम्मा ३७ वटा मुलुकका राष्ट्रनायक र सरकारी नेता लगायतका नेताहरू त्यस मञ्चको गोलमेच शिखर सम्मेलनमा सहभागी हुनुहुनेछ। ती मुलुकमध्ये ओस्टिया, अजरबैजान, बेलारुस, ब्रुनाई, कम्बोडिया, चिली, साइप्रस, चेक, इजिप्ट, इटली, नेपाल, पाकिस्तान, सिंगापूर, थाइल्याण्ड, सर्बिया र भियतनाम आदि रहेका छन्। यसका अतिरिक्त, संयुक्त राष्ट्र संघका महासचिव र अन्तर्राष्ट्रिय मुद्रा कोष संगठनका महाप्रबन्धक पनि त्यस शिखर सम्मेलनमा सहभागी हुनुहुनेछ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *