चीनका राष्ट्राध्यक्ष सीद्बारा उत्तर कोरियाका नेतालाई बधाई सन्देश

ram naam satya
आज अप्रिल बाह्र तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ-उनलाई बधाई सन्देश पठाउँदै उहाँलाई उत्तर कोरियाको राज्य परिषदका अध्यक्षको पदमा पुननिर्वाचित हुनु भएकोमा बधाई दिनु भएको छ।

राष्ट्रध्यक्ष सीले उत्तर कोरियाको स‍र्वोच्च जनसम्मेलन 14 औँ राष्ट्रिय समितिको पहिलो सम्मेलनबाट किम जोङ उन उत्तर कोरियाको राज्य परिषदको अध्यक्षमा पुननिर्वाचित हुनु भएकोमा आफू र चिनियाँ जनताको तर्फबाट बधाई सन्देश दिनु भएको हो। उत्तर कोरियाली श्रमिक पार्टी र जनताले किमलाई विश्वास र समर्थन गरेको भन्दै राष्ट्राध्यक्ष सीले केही वर्षदेखि किमको नेतृत्वमा उत्तर कोरियाको आर्थिक तथा सामाजिक विकास अझ उच्चस्तरमा अगाडि बढ्ने र समाजवादमा नयाँ इतिहास चरणमा प्रवेश गरेको उल्लेख गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले चीन र उत्तर कोरिया घनिषट छिमेकी मुलुक रहेको भन्दै दुवै मुलुक बीचको परम्परागत मित्रता र सहयोग सम्बन्धलाई चीनले महत्व दिएको सन्देशमा उल्लेख गर्नुभएको छ। गत वर्षदेखि आफूले किमसँग चारपटक भेट-वार्ता गरेको उल्लेख गर्दै क्रमबद्ध सहमति प्राप्त भएको र दुवै मुलुकबीच दौत्य सम्बन्ध स्थापना भएको 70 औँ वार्षिकोत्सवको अवसरमा दुवै मुलुक बीचको सम्बन्धलाई अझ बढाउने आशा पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *