

(GMT+08:00) 2017-11-13 17:36:07
चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवम् चीनका राष्ट्राध्यक्ष सी चिन फिङ नोभेम्बर बाह्र तारिख हनोईमा भियतनाम—चीन मैत्री दरबारको पूर्ण समारोह एवम् हनोई चिनियाँ साँस्कृतिक केन्द्रको खुला समारोहमा उपस्थित हुनुभएको छ।
राष्ट्राध्यक्ष सी, मैत्री दरबारमा पुग्दा हनोईमा रहेका चिनियाँ व्यवसायी प्रतिनिधिहरू र भियतनामका युवाहरुले स्वागत गरेका थिए। त्यस्तै भियतनाम राष्ट्रिय सभाका अध्यक्ष गुयेन थि किमगानले पनि राष्ट्राध्यक्ष सीलाई स्वागत गर्नुभयो।

अवलोकन तथा चीन-भियनाम शुभेच्छेकहरूसँगको भेटघाटपछि भियतनामी सभाध्यक्ष गुयेनसँगै राष्ट्राध्यक्ष सीले दुई मुलुकको मैत्रीपूर्ण आदानप्रदान र सहयोगमा अझ बढी सक्रिय योगदान दिन प्रोत्साहन गर्नुभयो।
चीन-भियतनाम मैत्री दरबार हनोई सहरमा रहेको छ। यो चीनले भियतनामलाई उद्धारमा प्रदान गरेको प्रतीकात्मक परियोजना हो।

