चीनका राष्ट्राध्यक्ष सीद्वारा भियतनामी कम्युनिष्ट पार्टीका महासचिवसँग भेटवार्ता

ram naam satya
(GMT+08:00) 2017-11-13 17:36:52

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिन फिङले नोभेम्बर बाह्र तारिख हनोईमा भियतनामी कम्युनिष्ट पार्टीका महासचिव गुयेन फु ट्रोङसँग भेटवार्ता गर्नुभएको छ। दुई पक्षले सक्रिय रुपमा आपसी विकसित उपलब्धीबारे मूल्यांकन गर्नुका साथै चीन—भियतनाम परम्परागत मित्रताको संरक्षण तथा प्रसार गर्नेबारे सहमति हासिल गरेका छन्। दुई मुलुकले दृढताका साथ मैत्रीपूर्ण नीति लागू गरी सम्पूर्ण रणनैतिक सहयोग विकास गर्ने र दुई मुलुक तथा जनताबीच अझ बढी फाइदा ल्याउने विषयमा मतैक्यता प्रकट गरेका छन्।

राष्ट्राध्यक्ष सीले चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशन र राष्ट्रिय कार्ययोजनासम्बन्धी जानकारी दिनुभएको छ र महासचिव गुयेनले पनि भियतनामको पार्टीसम्बन्धी परिस्थितिबारे जानकारी दिनुभएको छ।

वार्तापछि दुई मुलुकका नेतागणले संयुक्त रुपमा ‘एक पेटी एक मार्ग’को निर्माण गर्ने साझेदारी पत्र तथा सँस्कृति, स्वास्थ्य, उर्जा श्रोत, प्रतिरक्षा आदि क्षेत्रको सहयोगात्मक दस्तावेजको हस्ताक्षरमा साक्षी बस्नुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *