

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज अप्रिल अठाईस तारिख जन वृहत सभा भवनमा चेकका राष्ट्रपति मिलोस जेमानसँग भेटघाट गर्नुभएको छ।चीन र चेकको सम्बन्ध स्थापना भएको सत्तरी वर्षयता अन्तर्राष्ट्रिय परिस्थिति परिवर्तन भएता पनि मैत्रीपूर्ण र सहयोग सधैं दौत्य सम्बन्धको आधार रहेको राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ। दुई पक्षले विभिन्न स्तर र विभिन्न क्षेत्रका आदानप्रदानलाई कायम राख्ने बताउँदै सहयोगात्मक आधारलाई बलियो बनाउने र बेल्ट एण्ड रोडको निर्माणलाई गहिरो पार्ने कुरामा जोड दिनु भएको छ। उहाँले चीन युरोपको सम्बन्धलाई अघि बढाउनेमा चेकले निरन्तर रचनात्मक भूमिका निर्वाह गर्ने आशा पनि व्यक्त गर्नु भएको छ।

राष्ट्रपति जेमनले चीनसँग आर्थिक व्यापारिक र लगानी सहयोगलाई सबल पार्ने बताउँदै बौद्धिक आदानप्रदानलाई अघि बढाउने इच्छा लिएको उल्लेख गर्नुभयो।