चीनका राष्ट्राध्यक्षद्वारा पाकिस्तानका प्रधानमन्त्रीसँग भेटघाट

ram naam satya
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज अप्रिल अठाईस तारिख जन वृहत सभा भवनमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग भेटघाट गर्नुभएको छ।पाकिस्तान चीनको चौतर्फी रणनीतिक सहयोगात्मक साझेदारी भएको राष्ट्राध्यक्ष सीले औँल्याउनुभएको छ। चीनले पाकिस्तानलाई कुटनीतिक प्राथमिकतामा राख्दै आएको बताउँदै राष्ट्राध्यक्ष सीले अन्तर्राष्ट्रिय र क्षेत्रीय परिस्थिति परिवर्तन भएता पनि पाकिस्तानले राष्ट्रिय सार्वभौमिक्ता र जातीय इज्जतको संरक्षण गर्नेमा चीनले दृढताका साथ समर्थन गर्ने र पाकिस्तानले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा रचनात्मक भूमिका निर्वाह गर्नेमा चीनले पनि समर्थन गर्ने बताउनुभएको छ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले चीनसँगको परम्परागत मित्रतालाई सुदृढ पार्ने र व्यावहारिक सहयोगलाई गहिरो पार्ने बताउँदै बहुपक्षीय मामिलामा घनिष्ठ आदानप्रदान र समन्वय गर्ने बताउनुभएको छ।