चीनका प्रधानमन्त्री शाङ्गहाई सहयोग संगठनको प्रधानमन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुने

ram naam satya
(GMT+08:00) 2017-11-30 18:15:02

रुसी प्रधानमन्त्री दमित्री मेदभेदेभको निमन्त्रणामा चीनका प्रधानमन्त्री ली ख छ्याङ नोभेम्बर तीस तारिख विशेष विमानद्बारा सोची अन्तर्राष्ट्रिय विमानस्थल पुगी त्यहाँ आयोजना हुन लागेको शाङ्गहाई सहयोग संगठनका सदस्य मुलुकका प्रधानमन्त्रीको 16औँ सम्मेलनमा सहभागी हुनुहुने सिन्ह्वा समाचार समितिले जनाएको छ।

प्रधानमन्त्री लीको सम्मानमा रुसी सरकारी उच्च पदाधिकारी र रुसका लागि चिनियाँ राजदूत ली ह्वै लगायतका व्यक्तिहरू विमानस्थलमा पुग्नुभएको थियो।

सम्मेलन अवधिमा प्रधानमन्त्री लीले शाङ्गहाई सहयोग संगठनका विभिन्न सदस्य मुलुकका नेतासँग सम्बद्ध सहकार्य सम्बन्धी दस्तावेजमा हस्ताक्षर गर्नुहुने कार्यक्रम रहेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *