

स्थानीय समय अनुसार नोभेम्बर पन्ध्र तारिख दिउँसो चीनका प्रधानमन्त्री ली ख छ्याङ् र फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टले मनिलास्थित राष्ट्रपति भवनमा पत्रकारसँग सँयुक्त भेटघाट गर्नुभएको छ।
दुई मुलुकका नेतागणले सक्रिय रुपमा भेटवार्ताको उपलब्धीबारे मूल्यांकन गर्नुभयो। प्रधानमन्त्री लीले चीन र फिलिपिन्स छिमेकी मुलुक हुनुका साथै दुई मुलुकका जनताबीचको मित्रता निरन्तर रहँदै आएको धारणा व्यक्त गर्नुभयो। चीन र फिलिपिन्स दुवै विकासोमुन्ख मुलुक भएर अर्थतन्त्रको विकास र जनजीवन सुधारको कार्यभार लिएका मुलुक भएकोमा जोड दिँदै प्रधानमन्त्री लीले हालै दुई पक्षले पूर्वाधार निर्माण, व्यापार, पर्यटन, कृषि र गरिबी निवारण आदि क्षेत्रको सहयोगमा वृहत् उपलब्धी हासिल गरेको बताउनुभयो।

जवाफमा फिलिपिन्सका राष्ट्रपति डुटेर्टले फिलिपिन्सले चीनसँग विभिन्न पक्षको आदानप्रदान र सहयोगलाई अघि बढाउने, र क्षेत्रीय स्थिरता तथा विकासमा आफ्नो सक्रिय भूमिका निर्वाह गर्ने इच्छा लिएको बताउनुभयो।
