चीनका प्रधानमन्त्री ली ख छ्याङ र फिलिपिनी राष्ट्रपति डुटेर्टबीच भेटवार्ता

ram naam satya
(GMT+08:00) 2017-11-16 14:13:22

स्थानीय समय अनुसार हिजो नोभेम्बर पन्ध्र तारिख दिउँसो, चीनका प्रधानमन्त्री ली ख छ्याङ्ले मनिलास्थित राष्ट्रपति भवनमा फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टसँग भेटवार्ता गर्नुभएको छ।

पन्ध्र तारिख दिउँसो फिलिपिन्सका राष्ट्रपति डुटेर्टले प्रधानमन्त्री लीको स्वागतमा राष्ट्रपति भवनको चोकमा भव्य स्वागत समारोहको आयोजना गर्नुभएको छ। यो चीनका प्रधानमन्त्रीले दश वर्षमा गरेको पहिलो फिलिपिन्स भ्रमण हो। भेटवार्तामा प्रधानमन्त्री लीले चीनका राष्ट्राध्यक्ष सी चिन फिङको अभिवादन हस्तान्तरण गरेर चीन र फिलिपिन्सबीचको आदानप्रदान लामो समय यता चलिरहेको तथा हालै दुई मुलुकको सम्बन्ध धेरै कठिनाइ पार गरेर राम्रो दिशातिर अघि बढ्दै गएको विचार व्यक्त गर्नुभयो।

भेटवार्तापछि प्रधानमन्त्री ली र राष्ट्रपति डुटेर्ट दुई पक्षले पूर्वाधारको निर्माण, आर्थिक प्रविधि, उत्पादन क्षमता आदि क्षेत्रका सहयोगात्मक दस्तावेजमाथि हस्ताक्षर समारोहमा साक्षी बस्नुभएको थियो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *