चीनका परराष्ट्र मन्त्री वाङ यी तेह्रौं एशिया-युरोप विदेश मन्त्री सम्मेलनमा सहभागी

ram naam satya
(GMT+08:00) 2017-11-21 17:35:57

हिजो नोभेम्बर बीस तारिख चीनका परराष्ट्र मन्त्री वाङ यी म्यान्मारको राजधानी नाई पि टावमा आयोजित तेह्रौं एशिया-यूरोप विदेश मन्त्री बीचको सम्मेलनमा सहभागी हुनुभएको छ। उहाँले सम्मेलनमा “नयाँ समयमा एशिया-युरोपको नयाँ किसिमको साझेदारी सम्बन्धलाई साझा निर्माण” नामक सम्बोधन दिनुभयो।

उहाँले गत महिना चिनियाँ कम्युनिष्ट पार्टीले उन्नाईसौं महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेको भन्दै आगामी तीस वर्षमा चीनको योजनालाई तर्जुमा गरेको बताउनुभयो। उहाँले नयाँ समयमा प्रबेश गरेर चीनले विश्व बीचको सम्पर्क झन् घनिष्ट बनाउँदै लगेको भन्दै चीनले एशिया-यूरोपका विभिन्न पक्षसँग सहयोग सवल पार्ने बताउनुभयो।

आगामी समय एशिया-युरोप सहयोगको मुख्य विषय उहाँले तीनवटा प्रस्ताव प्रस्तुत गर्नुभयो। क्षेत्रीय शान्ति र स्थिरतालाई संयुक्त रुपमा सुरक्षा गर्ने, नयाँ शक्ति सिर्जना गर्दै साझा विकास गर्ने र दिगो विकास मोडललाई साझा अन्वेषण गर्ने उहाँका तीनवटा विषय रहेका छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *