

सो अवसरमा वाङ यीले यसै वर्ष चीन-जापान शान्तिपूर्ण तथा मैत्रीपूर्ण सन्धि स्थापनाको चालीसौँ वार्षिकोत्सव भएको सम्झिँदै दुई देशबीचको सम्बन्धमा विशेष तथा महत्वपूर्ण अर्थ रहेको बताउनुभयो। यसै वर्षको सुरुमा चीनको भ्रमण गरेबाट जापान सरकारले दुई देशबीच सम्बन्ध सुधारमा ठूलो इच्छा देखाएको प्रकट हुने पनि वाङले बताउनुभयो । चीनले त्यसको सक्रिय मूल्याङ्कन गर्नुका साथै यस भ्रमणबाट सक्रिय उपलब्धि हासिल गर्नसक्ने अपेक्षा लिएको पनि उहाँले बताउनुभयो।
वाङ यीले चीन-जापानबीचको सम्बन्ध सुधार तथा विकास र दुई देशबीच हित अनुकूल रहेको र दुई देशका विभिन्न क्षेत्रको साझा इच्छा पनि रहेको उल्लेख गर्नुभयो। हाल चीनसँग सम्बन्धित जापानको सक्रिय धारणा विशेष गरी प्रधानमन्त्री शिन्जो आबेले काँग्रेसमा सम्बोधन गर्दै चीनसँग सम्बन्ध सुधार गर्नुलाई भविष्यमा प्रशासनको मुख्य विषयमा राख्ने व्यक्त गर्नुभएबाट चीनले नजर पुर्याएको पनि वाङ यीले उल्लेख गर्नुभयो। उहाँले जापानले अवधारणालाई वास्तविक कार्यान्वयनमा लगेर दुई देशबीचको सम्बन्धलाई छिटै सामान्यीकरण तथा स्वस्थ विकासको बाटोमा ल्याउन सक्ने आशा चीनले लिएको पनि सुनाउनुभयो।
