चीनका परराष्ट्रमन्त्रीद्वारा प्यालेष्टाइन तथा इजरायलका प्रतिनिधिसँग भेट

ram naam satya
चीनका परराष्ट्र मन्त्री वाङ्ग यिले हिजो डिसेम्बर 22 तारिख पैचिङमा तेस्रो प्यालेष्टाइनी तथा इजरायली शान्तिदूत गोष्ठीमा सहभागी प्रतिनिधिहरुसँग भेट-वार्ता गर्नुभएको छ।

मन्त्री वाङ्ग यीका अनुसार, मध्य-पूर्व क्षेत्रको परिस्थितिको नयाँ परिवर्तनमा यो गोष्ठीको आयोजना निकै महत्वपूर्ण छ। दुई दिनमा दुई पक्षले प्यालेष्टाइन तथा इजरायल समस्याको समाधानबारे गहिरो रुपमा छलफल गरेर अनेकन सहमति प्राप्त गरेका छन्। विशेष गरी “दुई देश योजना” समस्याको समाधान गर्ने एउटा मात्रै उपाय भएको सहमति गरेका छन्। जसले दुई पक्षले शान्तिको आशा देखाउनुका साथै शान्तिपूर्ण वार्ताको पुनःसुरुका लागि रचनात्मक विचार पनि प्रस्तुत गरेको छ। त्यसप्रति चीनले स्वागत र समर्थन गरेको छ।

प्यालेष्टाइन र इजरायलका प्रतिनिधिहरुले उक्त गोष्ठीको आयोजनामाथि सक्रिय मूल्याङ्कन गर्नुका साथै चीनको विपक्ष र सकारात्मक अडानलाई प्रशंसा गरेका छन्। चीनले अझ बढी प्रभाव पार्ने आशा प्रतिनिधिहरुले व्यक्त गरेका छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *